संघीय निजामती सेवा विधेयक संसद् लैजाने सरकारको निर्णय
काठमाडौं : सरकारले संघीय निजामती सेवा विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
विधेयकमा ऐन लागू हुँदाका बेला ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अवकाश दिने प्रस्ताव छ। यसरी अवकाश हुने कर्मचारीको पेन्सन सुविधा नघट्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछिका कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष पुर्याउने प्रस्ताव छ।
मन्त्रिपरिषद्को स्वीकृतिसँगै लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयक अब संसदीय प्रक्रियामा प्रवेश गर्ने बाटो खुलेको छ।
