शनिबार राति मौसम बदलिँदै : तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं : शनिबार रातिदेखि देशका केही क्षेत्रमा मौसम परिवर्तन हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
आइतबार भने वर्षा र हिमपातको क्षेत्र थप विस्तार हुने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा वर्षा हुन सक्नेछ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका तराई क्षेत्रमा भने मुख्यतः आंशिक बदली रहने पूर्वानुमान छ।
