विनोद चौधरी नवलपरासीबाट निर्विरोध महाधिवेशन प्रतिनिधि
परासी — नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। उनी मधेसी क्लस्टरबाट चयन भएका हुन्। सोही क्लस्टरबाट प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव पनि सर्वसम्मत भएका छन्।
क्षेत्र नम्बर १ बाट ३४ प्रतिनिधि चयन हुनेमा विभिन्न क्लस्टरबाट ७५ जनाको उम्मेदवारी परेको छ। आठ जना सर्वसम्मत भइसकेका छन् भने बाँकी पदका लागि सोमबार मतदान भएको छ।
यता, क्षेत्र नम्बर २ मा पनि चुनावी सरगर्मी बढेको छ। त्यहाँ देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत) पक्षले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन्।
