रास्वपा नेतृत्व वनस्थलीमा जुट्यो, केन्द्रीय समितिमा के हुँदैछ छलफल ? 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’मा जारी छ। सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकमा पार्टी संगठन र आगामी राजनीतिक गतिविधिसँग सम्बन्धित विभिन्न विषयमा छलफल भइरहेको छ।

प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन तथा विभिन्न विभागका प्रमुख र उपप्रमुख चयन गर्ने विषय कार्यसूचीमा छन्।

त्यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौं’ अभियानबारे पनि बैठकमा छलफल हुने भएको छ।

मधेस प्रदेशको पार्टी संगठनसम्बन्धी अडिट रिपोर्ट पनि बैठकको एजेन्डामा समावेश गरिएको छ। विभिन्न सांगठनिक निर्णय र अभियानको तयारीका कारण रास्वपाको आजको बैठकलाई महत्वका साथ हेरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ