यात्रुका लागि राहत : बुधबार दिउँसोदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने 

धादिङ : पहिरो र सडक भासिँदा प्रभावित बनेको पृथ्वी राजमार्ग बुधबार दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार अवरुद्ध स्थानमा पहिरो तथा अन्य अवरोध हटाउने काम जारी छ। हाल राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन चलिरहेका छन्। थप पहिरो वा नयाँ अवरोध नआए बुधबार दिउँसोदेखि सबै सवारीसाधन नियमित रूपमा सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ।

वर्षा रोकिए पनि विभिन्न स्थानमा पहिरोको जोखिम भने कायमै छ। प्रशासनले यात्राका क्रममा विशेष सावधानी अपनाउन तथा ट्राफिक नियम र सडक अनुशासन पालना गर्न चालक र यात्रुलाई आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ