मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णय, के–के भयो स्वीकृत?

काठमाडौं : सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकारसँगै पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केवर–पथलैया सडकखण्ड तथा विभिन्न जलविद्युत आयोजना र सशस्त्र प्रहरीका संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ।

बैठकले पशु बधशाला तथा मासु जाँच ऐन, संघीय निजामती सेवासम्बन्धी कानुन र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधनका लागि तयार विधेयक संघीय संसदमा पेश गर्न पनि स्वीकृति दिएको छ।

त्यस्तै, सहसचिव आभास श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिव र डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हाल उपलब्ध सचिव सूचीमा जगदीश्वर कर्माचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निमित्त सचिवका रूपमा उल्लेख छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ