बैंक तथा वित्तीय संस्थाले साइबरदेखि जलवायु जोखिमसम्म व्यवस्थापन गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परम्परागत वित्तीय जोखिमसँगै प्रविधि, साइबर सुरक्षा र जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमसमेत पहिचान तथा व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ। यसका लागि राष्ट्र बैंकले ‘Risk Management Guidelines, 2026’ जारी गरेको हो।

नयाँ मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा, बजार, तरलता र सञ्चालन जोखिममा मात्र सीमित नभई डिजिटल बैंकिङसँग जोडिएका साइबर आक्रमण, सूचना प्रविधिमा समस्या तथा प्रणाली अवरोध जस्ता जोखिमलाई समेत आफ्नो जोखिम व्यवस्थापन प्रणालीमा समेट्नुपर्नेछ।

त्यस्तै, जलवायु परिवर्तनका कारण हुने बाढी, पहिरो, खडेरी तथा अन्य प्राकृतिक विपद्ले ऋणीको व्यवसाय, सम्पत्ति र ऋण तिर्ने क्षमतामा पार्न सक्ने प्रभावको पनि मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ।

मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र उच्च व्यवस्थापनलाई जोखिम पहिचान, मूल्यांकन, अनुगमन तथा नियन्त्रणमा थप जिम्मेवार बनाएको छ।

नयाँ व्यवस्थासँगै बैंकहरूले कर्जा तथा लगानीसम्बन्धी निर्णय गर्दा वित्तीय अवस्थामात्र नभई भविष्यमा उत्पन्न हुन सक्ने प्रविधिगत, वातावरणीय र जलवायुजन्य जोखिमलाई समेत ध्यान दिनुपर्ने भएको छ।

तस्बिर: Krish Dulal / Wikimedia Commons / CC BY-SA 3.0

नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ