फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० विद्यालय प्रभावित  

पेरिस : फ्रान्समा शिक्षा क्षेत्रका विभिन्न समस्यालाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन देशका विभिन्न भागमा फैलिएको छ। कमजोर विद्यालय पूर्वाधार, शिक्षक तथा कर्मचारी अभाव, लामो अध्ययन समय र विश्वविद्यालय प्रवेश प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन्।

फ्रान्सको शिक्षा मन्त्रालयका अनुसार आन्दोलनका कारण करिब ५६० विद्यालय प्रभावित भएका छन्। पेरिसबाट सुरु भएको प्रदर्शन अन्य सहरमा फैलिँदा केही स्थानमा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ।

प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घटना भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ। गृह मन्त्रालयका अनुसार बिहीबार मात्रै १,९०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने ३०५ प्रहरी घाइते भएका छन्।

स्थिति तनावपूर्ण बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले संकटसम्बन्धी बैठक बोलाएका छन्। जोखिममा रहेका केही विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

विद्यार्थी आन्दोलनको प्रभाव छिमेकी बेल्जियमसम्म देखिएको छ। लियेजमा हिंसात्मक घटनापछि करिब एक दर्जन विद्यालय बन्द गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ