पोल्यान्डको धार्मिक स्थलमा चक्कु आक्रमण, पादरीको मृत्यु

वार्सा — पोल्यान्डको दक्षिणपूर्वी सहर जारोस्लावस्थित एक धार्मिक स्थलमा बिहीबार भएको चक्कु आक्रमणमा एक पादरीको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार घटना स्थानीय समयअनुसार बिहान करिब ९:३० बजे Benedictine Abbey परिसरमा भएको थियो। आक्रमणमा चार पुरुष र एक महिला घाइते भएका थिए। उनीहरूलाई अस्पताल लगिएकोमा एक पादरीको पछि मृत्यु भएको हो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३१ वर्षीय युक्रेनी नागरिकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। अभियोजनकर्ताका अनुसार ती व्यक्ति सोही दिन जर्मनीबाट पोल्यान्ड प्रवेश गरेका थिए। उनले धार्मिक स्थलको भान्साबाट लिएको चक्कु प्रयोग गरी पादरी तथा त्यहाँ उपस्थित व्यक्तिमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

आक्रमणमा परेका पाँच जनामध्ये तीन जना धार्मिक सेवामा संलग्न व्यक्ति र दुई जना सर्वसाधारण रहेको अभियोजनकर्ताले बताएका छन्। आक्रमण हुँदा एक पादरी ‘कन्फेसनल’मा रहेको समेत अनुसन्धानकर्ताले जनाएका छन्।

आक्रमणको उद्देश्य भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको विस्तृत परिस्थितिबारे अनुसन्धान जारी राखेको छ। जारोस्लावका मेयर मार्सिन नाजारेविचले घटनापछि साताको अन्त्यसम्म स्थानीय शोक अवधि घोषणा गरेका छन्।

घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले दोषीमाथि कानुनअनुसार कडा कारबाही हुने बताएका छन्। युक्रेनी