पाकिस्तान त्रिकोणात्मक सिरिजका लागि इंग्ल्यान्ड टोली घोषणा, राशिद र करन फर्किए
लन्डन : पाकिस्तानमा आयोजना हुने एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजका लागि इंग्ल्यान्डले ह्यारी ब्रुकको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा अनुभवी स्पिनर आदिल राशिद र अलराउन्डर साम करनले पुनरागमन गरेका छन्।
चोटका कारण पछिल्ला खेल गुमाएका राशिद र करन फिट भएपछि टोलीमा फर्किएका हुन्। राशिद हातको चोटका कारण श्रीलंकाविरुद्धको ODI सिरिजमा अनुपस्थित थिए भने करन चोट र शल्यक्रियापछि मैदानबाहिर रहेका थिए।
तीव्र गतिका बलर जोफ्रा आर्चरलाई कार्यभार व्यवस्थापनका लागि आराम दिइएको छ। पूर्वकप्तान जोस बटलर पनि ह्यामस्ट्रिङ चोटका कारण सिरिजमा उपलब्ध हुने छैनन्। लेग स्पिनर मेसन क्रेनले भने लामो समयपछि इंग्ल्यान्ड टोलीमा पुनरागमन गरेका छन्।
