नेप्से १६.४७ अंकले घट्यो, कारोबार पाँच अर्ब रुपैयाँभन्दा बढी 

काठमाडौं — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.४७ अंकले घटेर २,६१३.३३ बिन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबारको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो। 

दिनभर ३५७ धितोपत्रका करिब १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर ५८ हजार ५०० पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कारोबार भएका कम्पनीमध्ये २२४ वटाको शेयर मूल्य घट्दा ४९ वटाको बढेको र ६ वटाको स्थिर रहेको छ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। व्यापार समूहबाहेक अन्य अधिकांश क्षेत्रगत सूचक घटेका छन् भने निर्जीवन बीमा समूहमा सबैभन्दा बढी १.२० प्रतिशत गिरावट देखिएको छ। 

समग्रमा कारोबार पाँच अर्ब रुपैयाँभन्दा माथि रहे पनि धेरै कम्पनीको शेयर मूल्य घटेकाले सोमबार बजारमा बिक्री दबाब देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ