चाडपर्व लक्षित काठमाडौंमा सुरक्षा कडा, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं : चाडपर्व नजिकिएसँगै काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला चोरी, लुटपाट, ठगी, गुण्डागर्दी, जुवातास तथा सवारी दुर्घटनाजस्ता गतिविधि नियन्त्रण गर्न ३ हजार ५०६ सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उपत्यकाका संवेदनशील तथा भीडभाड हुने क्षेत्रमा १ हजार २४२ सीसीटिभी क्यामेरा र तीनवटा ड्रोनबाट निगरानी गरिनेछ। प्रमुख नाकाहरूमा तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन हुनेछ।

सुरक्षाका लागि मोबाइल भ्यान, पैदल तथा मोटरसाइकल गस्ती र विभिन्न स्थानमा प्रहरी पिकेट राखिनेछ। यात्रुलाई ठगी तथा असुविधाबाट जोगाउन नागरिक सहायता कक्षसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ