गृह मन्त्रालयमा ठूलो कर्मचारी हेरफेर, १०० जनाको कार्यस्थल परिवर्तन
काठमाडौं : गृह मन्त्रालयले मातहतका विभिन्न कार्यालयमा कार्यरत १०० जना कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। असोज १२ गते गरिएको निर्णयअनुसार सरुवामा पर्ने कर्मचारीमध्ये अधिकांश नायब सुब्बा वा सोसरहका रहेका छन्।
सरुवा गरिएका कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र अध्यागमन कार्यालयलगायत गृह प्रशासनअन्तर्गतका विभिन्न निकायमा खटाइएको छ। सार्वजनिक विवरणअनुसार धेरै कर्मचारीको कार्यस्थल एउटै जिल्लाभित्रका कार्यालयबीच परिवर्तन गरिएको छ।
मन्त्रालयले सरुवा भएका कर्मचारीको नामसँगै उनीहरूको हालको कार्यालय र नयाँ पदस्थापन गरिएको कार्यालयको विवरणसमेत सार्वजनिक गरेको छ। जनशक्ति व्यवस्थापन र नियमित प्रशासनिक सेवा सञ्चालनका क्रममा कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ।
