गाजामा इजरायली आक्रमण, ५ जनाको मृत्यु र १९ घाइते 

गाजा सिटी : गाजा क्षेत्रमा बुधबार भएका इजरायली आक्रमणमा कम्तीमा पाँच प्यालेस्टिनीको मृत्यु भएको र १९ जना घाइते भएको अस्पताल अधिकारीहरूले बताएका छन्।

गाजा सिटीको तेल अल–हावा क्षेत्रमा एउटा बसमाथि भएको आक्रमणमा चार जनाको मृत्यु भएको र कम्तीमा १४ जना घाइते भएका छन्। गाजा सिटीमै भएको अर्को आक्रमणमा एक महिलाको मृत्यु भएको तथा उनका श्रीमान् गम्भीर घाइते भएको जनाइएको छ।

दक्षिणी गाजाको खान युनिस क्षेत्रमा भएको अर्को आक्रमणमा चार जना घाइते भएका छन्। बसमाथि भएको आक्रमणबारे इजरायली सेनाले तत्काल प्रतिक्रिया नदिएको र खान युनिसको घटनाबारे प्राप्त विवरणको समीक्षा भइरहेको जनाएको छ।

इजरायल र हमासबीच युद्धविराम सहमति भए पनि गाजामा हिंसाका घटना जारी छन्। दुवै पक्षले युद्धविराम उल्लंघन गरेको भन्दै एकअर्कामाथि आरोप लगाउँदै आएका छन्।

तस्बिर: UNRWA / Wikimedia Commons (CC BY-SA 3.0 IGO)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ