कालो धन बाहिर निकाल्न नोटबन्दीको प्रस्ताव, नयाँ नोट जारी गर्न माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारबाट आर्जित तथा लुकाइएको कालो धन बैंकिङ प्रणालीमा ल्याउन नोटबन्दी गर्नुपर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका छन्।

बुधबारको बैठकमा बोल्दै न्यौपानेले पुराना ५०० र १ हजार रुपैयाँका नोट बन्द गरी नयाँ नोट जारी गर्न सरकारसँग माग गरे। भारतमा गरिएको नोटबन्दीको उदाहरण दिँदै उनले यस्तो कदमले लुकाइएको अवैध रकम बाहिर ल्याउन मद्दत पुग्ने तर्क गरेका छन्।

न्यौपानेको प्रस्तावलाई नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि समर्थन गर्दै सरकारलाई नोटबन्दीको विषयमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ