कालीगण्डकी करिडोरमा १२ जलविद्युत् आयोजना बन्द 

काठमाडौं — लगातारको वर्षा र पहिरोले कालीगण्डकी करिडोरको दाना–कुश्मा प्रसारण लाइनमा क्षति पुर्‍याएपछि कुल ३५८.२ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडबाट बाहिरिएका छन्।

प्रभावित आयोजनामा निलगिरी–१ र २, माथिल्लो राहुघाट, मिस्त्री खोला, राहुघाट तथा राहुघाट मंगलेलगायत छन्। अधिकांश आयोजनाको विद्युत् गृह सुरक्षित रहे पनि प्रसारण लाइन अवरुद्ध हुँदा उत्पादित बिजुली ग्रिडमा पठाउन नसकिएको हो।

विद्युत् उत्पादनमा आएको अवरोधका कारण विभिन्न औद्योगिक क्षेत्रमा समेत आपूर्ति कटौती गर्नुपरेको छ। प्राधिकरणले क्षतिग्रस्त प्रसारण संरचना मर्मत गरी विद्युत् आपूर्ति सामान्य बनाउने काम अघि बढाएको जनाएको छ।

📷 तस्बिर: Bhumbdr / Wikimedia Commons — CC BY-SA 4.0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ