आज डलासमा गुञ्जिँदै Kuma Sagar नेपाली संगीतप्रेमी उत्साहित

डलास, अमेरिका : नेपाली संगीतका लोकप्रिय गायक Kuma Sagar तथा The Khwopa आज शनिबार, अक्टोबर ३ मा अमेरिकाको टेक्सासस्थित डलास–फोर्टवर्थ क्षेत्रमा विशेष सांगीतिक प्रस्तुति दिँदैछन्।

Arlington स्थित Texas Live! को Arlington Backyard मा आयोजना हुने कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। साँझ ६ बजे ढोका खुल्ने कार्यक्रमको मुख्य सांगीतिक प्रस्तुति राति ८ बजेदेखि सुरु हुने तय भएको छ।

FemNepal को आयोजनामा हुन लागेको कार्यक्रममा Kuma Sagar & The Khwopa ले आफ्ना चर्चित सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। कार्यक्रमको Title Sponsor BaaKhaPa रहेको छ भने गैरनाफामूलक संस्था Visit Nepal को विशेष सहभागिता रहनेछ।

संगीतसँगै नेपाली कला, संस्कृति र पहिचानलाई प्रवासमा प्रवर्द्धन गर्ने अवसरका रूपमा समेत कार्यक्रमलाई हेरिएको छ। Visit Nepal ले कार्यक्रमस्थलमा विशेष बूथमार्फत नेपालका पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाको प्रचार गर्ने तयारी गरेको छ।

डलास–फोर्टवर्थमा रहेका नेपाली संगीतप्रेमीका लागि आजको साँझ Kuma Sagar & The Khwopa को संगीतसँगै नेपाली संस्कृति र समुदायको उत्सव बन्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ