अमेरिकी राजनीतिमा नेपाली मूलका रिकी गुरुङको कदम, न्यू ह्याम्पशायरको चुनावी मैदानमा
काठमाडौं : नेपाली मूलका रिकी गुरुङ अमेरिकाको न्यू ह्याम्पशायर राज्यको प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। डेमोक्रेटिक पार्टीका गुरुङ मेरिम्याक डिस्ट्रिक्ट–१० बाट नोभेम्बर ३ मा हुने आमनिर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
सेप्टेम्बर ८ मा सम्पन्न प्राइमरीमा गुरुङले डेमोक्रेटिकतर्फ उम्मेदवारी सुरक्षित गरेका हुन्। उक्त क्षेत्रबाट डेमोक्रेटिक र रिपब्लिकन गरी आठ उम्मेदवार चार सिटका लागि प्रतिस्पर्धामा छन्।
गुरुङको उम्मेदवारीसँगै न्यू ह्याम्पशायरको नेपाली-अमेरिकी समुदायमा राजनीतिक सहभागिता र प्रतिनिधित्वको विषयले पनि चर्चा पाएको छ।
स्थानीय तहदेखि राज्य राजनीतिसम्म आप्रवासी समुदायको सहभागिताबारे चासो बढिरहेका बेला गुरुङको चुनावी यात्रा नेपाली-अमेरिकी समुदायका लागि पनि ध्यान तान्ने राजनीतिक घटनाक्रम बनेको छ।
