अमेरिकामा घर किन्न झन् महँगो, घरकर्जा ब्याजदर झन्डै तीन वर्षयताकै उच्च
वासिङ्टन : अमेरिकामा घर खरिद गर्ने योजना बनाइरहेका उपभोक्तामाथि थप आर्थिक दबाब परेको छ। औसत ३० वर्षे स्थिर घरकर्जा (mortgage) ब्याजदर बढेर ७.२८ प्रतिशत पुगेको छ, जुन नोभेम्बर २०२३ यताकै उच्च स्तर हो।
Mortgage buyer Freddie Mac का अनुसार अघिल्लो साता ७.०३ प्रतिशत रहेको ३० वर्षे स्थिर कर्जाको औसत ब्याजदर एकै सातामा बढेर ७.२८ प्रतिशत पुगेको हो। एक वर्षअघि यही समयमा यस्तो दर ६.३४ प्रतिशत थियो। घरकर्जा ब्याजदर लगातार छैटौँ सातासम्म बढेको छ।
त्यस्तै, घरकर्जा पुनर्वित्त (refinancing) मा धेरै प्रयोग हुने १५ वर्षे स्थिर mortgage को औसत ब्याजदर पनि ६.४२ प्रतिशतबाट बढेर ६.६० प्रतिशत पुगेको छ।
ब्याजदर वृद्धिले घर खरिदकर्ताको मासिक किस्तामा प्रत्यक्ष असर पारिरहेको छ। AP को गणनाअनुसार ४ लाख डलर ऋण लिने व्यक्तिका लागि फेब्रुअरीको तुलनामा अहिलेको औसत ब्याजदरमा मासिक भुक्तानी करिब २७६ डलर बढी पर्न सक्छ।
महँगो कर्जाका कारण अमेरिकी आवास बजारमा मागसमेत कमजोर देखिएको छ। अगस्टमा पुराना घरको बिक्री जुलाईको तुलनामा २ प्रतिशत घटेको थियो भने पछिल्लो तथ्यांकमा mortgage applications एक सातामै ६ प्रतिशत घटेको देखिएको छ।
Mortgage दरमा मुद्रास्फीति, अमेरिकी केन्द्रीय बैंकको नीति तथा सरकारी ऋणपत्र बजारको अवस्थाले प्रभाव पार्ने गर्छ। पछिल्लो समय १० वर्षे अमेरिकी Treasury yield बढ्दा घरकर्जा ब्याजदरमा पनि माथिल्लो दबाब परेको छ।
फाइल तस्बिर: Rick Obst / Wikimedia Commons — CC BY 4.0
